
३ असार, काठमाडौं । हुन्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मनसुन लक्षित आकर्षक योजना ‘हुण्डाई मनसुन डिलाइट’ सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत ग्राहकले स्क्याच कार्ड मार्फत् १ लाखसम्मको नगद छुटका साथै आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन ।
यो योजना अन्तर्गत एक्सचेन्ज बोनसका साथ लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन । ग्राहकहरुलाई स्पट एक्सचेञ्ज र सहज फाइनान्सको पनि सुविधा प्रदान गरिनेछ ।
सबै हुण्डाई गाडीहरु ४ वर्षको निःशुल्क सर्भिसिङ तथा ३ वर्षको वारेन्टी सहित उपलब्ध छन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरी १५ डिलरहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4