Comments Add Comment

बर्जर पेन्ट नेपालले ल्यायो नयाँ उत्पादन ‘वेदरकोट लंग लाइफ’

३ असार, काठमाडौं । नेपालमा सन् २००० देखि सजावटी रङ्गहरुको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिले अहिलेसम्मकै सबैभन्दा नवीनतम प्रविधिमा आधारित उच्चकोटीको ‘बर्जर वेदरकोट लङ्ग लाइफ’ बजारमा उपलब्ध गराएको छ ।

पियु र सिलिकन प्रविधिको प्रयोग गरिएको यो पेन्ट प्रिमियम एक्स्टेरियर पेन्ट हो । घामपानी छेक्छ, १० वर्ष टिक्छ भन्ने नारा सहित सार्वजनिक गरिएको यस पेन्टमा १० वर्षको वारेन्टी पाउन सकिनेछ ।

बर्जर वेदरकोट लङ्ग लाइफमा भएको पियु इमल्सनले घरको चमक वर्षौँ वर्षसम्म कायम राख्छ भनें चर्को घामबाट र मुसलधारे वषर्ाबाट समेत सुरक्षा प्रदान गर्दछ । त्यस्तै सिलिकन प्रविधिले घरको बाहिरी भित्ताहरुमा ढुसी, लेऊ जस्ता विकारहरुबाट बचाउँछ भनें रंगको आयु लम्बाउँछ, साथै रङ्गलाई सँधैं नयाँ जस्तै बनाइराख्छ ।

बर्जर पेन्ट्स नेपालमा सजावटी पेन्टहरु उत्पादन गर्ने अग्रणी कम्पनी हो र यसले सधैं नवीनतम खोजका विविध उत्पादनहरु बजारमा प्रस्तुत गर्ने गर्दछ, यस्को पछिल्लो उदाहरण वेदरकोट लङ्ग लाइफका साथै सिल्क ब्रेथ इजि, सिल्क ग्ल्यामर, सिल्क इलुसन्स, सील-ओ-प्राइम र स्वचालित एक्सपी मेसिनबाट संचालन हुने एक्सपी शृँखलाका सम्पूर्ण उत्पादनहरुलाई लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment