Comments Add Comment

मापदण्ड विपरीत संरचनामा महानगरले चलायो डोजर

३ असार, पोखरा । मापदण्डविपरीत पोखरा १२ मा रहेको मार्फा थकाली समाजको संरचना मंगलबार वडाकार्यालयले भत्काएको छ ।

पटकपटक आग्रह गर्दा पनि अटेरी गरेपछि डोजर लगाउनु परेको वडा कार्यालयले जनाएको छ । समाजले सडक मापदण्डविपरीत पर्खाल निर्माण गरेको थियो ।

‘मापदण्ड छोडेर संरचना बनाउन पहिल्यैदेखि जानकारी दिइरहेका छौं । पटकपटक आग्रह गर्दा पनि अटेरी गरेपछि बाध्य भएर भत्काउनु परेको हो,’ पोखरा १२ वडाध्यक्ष रामबहादुर कार्कीले भने । उनले मणिपाल अस्पताल जाने बाटो विस्तार गर्न अन्य सबैले मापदण्ड अनुरुप संरचना निर्माण गरेपनि समाजलेमात्रै अटेरी गरेको सुनाए ।

मणिपाल अस्पताल जाने उक्त सडकखण्ड विस्तार गर्न पोखरा महानगरबाट २० लाख बजेट विनियोजन भएको छ । समाजले मापदण्डविपरीत संचरना खडा गरेकै कारण योजना कार्यान्वयन गर्न ढिलाइ भइरहेको स्थानीयको भनाइ छ । समाज घरको पर्खालकै कारण गतवर्ष महानगरबाट प्राप्त भएको १० लाख रुपैयाँ पि|mज भएको स्थानीय जगत कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment