+
+
Shares

हुम्लामा जीप दुर्घटना अपडेट : गाउँपालिका उपाध्यक्षसहित १० जना बेपत्ता

रासस रासस
२०७६ असार ३ गते १९:१३

३ असार, हुम्ला । खार्पुनाथ गाउँपालिका-५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी (जीप) कर्णाली नदीमा खस्दा १० जना बेपत्ता भएको पुष्टि भएको छ ।

खार्पुनाथ -५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट मंगलबार अपराह्न जीप दुर्घटना भएको हो । घटनास्थल रहेका खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीका अनुसार दुर्घटनामा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्षसहित १० जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरूमा गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमाल, उनका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुक्कु भण्डारी नामले चिन्ने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह रहेका छन् ।

यसैगरी खार्पुनाथ गाउँपालिका-१ काकौर कामी र उनको दुई वर्षको बालकसमेत बेपत्ता भएका छन् । दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एक जना मिस्त्रीसमेत परेका छन् तर उनको परिचय खुल्न सकेको छैन ।

लु१ज ७१६६ नंको जीप खार्पुनाथ गाउँपालिका बेडुबिसौना र कैलेवालुको खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार कर्णालीमा खसेको जीप भेटिएको छैन ।

हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीपको खोजी भइरहेको जानकारी दिए ।

दुर्घटनास्थलमा चार वटा हेलिकप्टर खटिएको जानकारी प्राप्त भएको छ भने गाडी दुर्घटना क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल आर्मी खोजीमा परिचालित गरिएको सहायक प्रजिअ अमहेशकुमार पोखरेलले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?