Comments Add Comment

देउवाले संसदमा भने– यस्तो बलमिच्याइँ चल्दैन

४ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलले बोलेको सबै कुरा सरकारले पूरा गर्नु नपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले प्रतिपक्षले बोल्यो भनेर डराउन नहुने बताए ।

देउवाले बैठकमा भने, ‘मैले माग गर्ने हो । मेरो अरु पनि माग छ । डराइ हाल्नु पर्ने ? शेरबहादुरले माग्यो मैले दिनु पर्‍यो भन्ने ? प्रतिपक्षको कामै बोल्ने हो । दिने ठाउँमा त हामी छैनौं नि ।’

संसदमा पनि सत्ता पक्ष बोल्ने र प्रतिपक्ष सुनेर बस्नु पर्ने अवस्था आएको देउवाको भनाइ छ । उनले भने, ‘संसद विपक्षीको हो । बोल्ने प्रतिपक्षले हो । सरकारले जवाफ दिने हो । भनाइ नै छ नि विपक्षी बोल्छ, सरकारले कार्यान्वयन गर्छ । अब यस्तो बल मिच्याइँ चल्दैन ।’

गुठी विधेयक फिर्ता लिनु सकारात्मक भएको उनको भनाइ थियो । गुठी विधेयकलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक भूमि व्यवस्था मन्त्रीले फिर्ता लिएको घोषणा गरेको भोलिपल्ट उनले भने, ‘विधेयक संसदमै फिर्ता लिइनु पथ्र्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment