+
+
Shares

होटल हायातका कर्मचारी काममा फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ४ गते १४:२२

४ जेठ, काठमाडौं । मजदुर आन्दोलनका कारण एक सातादेखि बन्द होटल हायात मंगलबार रातीदेखि नियमित सञ्चालनमा आएको छ । सेवा–सुविधा कटौतीको बिरोधमा श्रमिकले आन्दोलन थालेपछि जेठ ३० गतेदेखि होटल बन्द थियो ।

मजदुर र व्यववस्थापनबीचको विवाद समाधान गर्न सरकारले समन्वय गर्ने भएपछि आन्दोलित श्रमिकहरुले आन्दोलन स्थगित गरेका हुन् । होटल हायातका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले आन्दोलितमध्ये केही कर्मचारी मंगलबार साँझ र अन्य बुधबार बिहान ८ बजेदेखि नियमित काममा फर्कीको जानकारी दिए ।

पछिल्लो ६ दिनदेखि बन्द पाँचतारे होटल हायात विवाद समाधान गर्न श्रम तथा रोजगार कार्यालय काठमाडौं बागमतीले मंगलबार आन्दोलनरत पक्ष र होटल व्यवस्थापनलाई पत्र लेख्दै वार्तामा बस्न आग्रह गरेको थियो ।

व्यवसायिक वातावरण नबिग्रने गरी दुवै पक्षले आ–आफ्नो अडान थाँती राखेर श्रम कार्यालयको मध्यस्थतामा वार्ता गर्न कार्यालयले पत्र लेखेको थियो ।

आन्दोलनरत कर्मचारीले माफी नमागेसम्म होटलको सेवा सुचारु नहुने अडान व्यवस्थापनले लिएको थियो । यता कटौती गरिएको सेवा सुबिधा पुनःस्थापना नभएसम्म आन्दोलन नरोकिने भन्दै मजदुरहरुले धर्नालाई निरन्तरता दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?