Comments Add Comment

दक्षिण अफ्रिका र न्युजिल्यान्डबीचको खेल सुरु हुन सकेन

३ असार, काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र न्युजिल्यान्डबीचको खेल सुरु हुन सकेको छैन ।

बिरमिङह्याममा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा खेल सुरु हुने भनिए पनि मैदान चिसोका कारण खेल समयमै हुन नसकेको हो । पानी परेपछि मैदान चिसो भएको हो । तर अहिले पानी परेको छैन ।

खेल केहीबेरपछि सुरु हुने भएपनि अहिलेसम्म टस भएको छैन । केही बेरमा टस हुनेछ ।

दुबै टिम जितको खोजिमा हुनेछन् । सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि पनि आजको खेल दक्षिण अफ्रिकाले जित्नै पर्ने हुन्छ । दक्षिण अफ्रिकाले पाँच खेलमध्ये एक खेलमा मात्रै जित हात पारेको छ । बाँकी तीन खेलमा हार ब्यहोर्दा एक खेलमा भने वर्षाको कारण अंक बाँडेको छ ।

यता, न्युजिल्यान्ड भने अपराजित टिम हो । न्युजिल्यान्डले चारखेलमध्ये तीन खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment