Comments Add Comment

साउदी दूतावासको संलग्नतामै कामदारको अवैध अन्तर्वार्ता, विभागले मार्‍यो छापा

४ असार, काठमाडौं । वैदेशिक रोजगार विभागले विना अनुमति वैदेशिक रोजगारीमा नाममा भइरहेको अन्तवार्तास्थलमा छापा मारेको छ । विभागले सो अवैध अन्तवार्तामा नेपालस्थित साउदी दूतावासका कर्मचारीसमेत संलग्न रहेको भेटाएको छ ।

कामदार विदेश लैजान विभागसँग पूर्वश्रम स्वीकृति र कामदार छनोटको अन्तवार्ताका लागि पनि अनुमति लिनुपर्ने हुन्छ । तर, प्रक्रिया नै नपुर्‍याई बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा भइहरेको अन्तरवार्तामा विभागले छापा मारेको हो ।

करिब ११ सय कामदार अन्तरवार्तामा लागि लाइनमा थिए । सिनामंगलस्थित मिता म्यानपावरले सो अवैध अन्तरवार्ता चलाइरहेको पाइएको छ । अन्तरवार्तामा साउदीको नेपालस्थित दूतावासकै कर्मचारी पनि संलग्न रहेको विभागका एक अधिकारीले बताए ।

प्रहरीसहित पुगेको विभाग कागजात नियनत्रण लिएर अन्तवार्ता रोकेको छ । साउदीको एसजीएस कम्पनीका लागि ५३ जनाको लागि मात्रै स्वीकृति लिएर ठूलो संख्यामा कामदार छनोट गर्ने गरी अन्तवार्ता चलिरहेको भेटिएको हो ।

आकर्षक तलवको प्रलोभन देखाएर तीन महिनाको मौसमी कामका लागि भन्दै साउदीमा कामदार लैजान लागिएको पाइएको छ । आफूहरुसँग अग्रिम रुपमा पनि भुक्तानी लिइसकेको केही कामदारले बताएका छन् ।

तर, मौसमी कामका लागि कामदार भिसामा विदेश जान पाउने व्यवस्था छैन । यसरी श्रम स्वीकृति दिने व्यवस्था नरहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment