Comments Add Comment

पोखरीमा डुबेर पर्सामा बालकको मृत्यु

५ असार, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।

जगरनाथपुर गाउँपालिका–१, पिडारीका अनिल पटेलका ५ वर्षीय छोरा राकेश पटेलको नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीकाका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।

बालकको शव पोस्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment