
४ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको युरोप भ्रमण असफल भएको टिप्पणी गरेका छन् ।
संसदमा विशेष समय लिएर बोल्दै देउवाले फ्रान्समा कार्यकारी राष्ट्रपतिले भेट नै नदिएको र बेलायतमा कुनै सम्झौता नभएको भन्दै भ्रमण असफल भएको बताए । आफू प्राधनमन्त्री हुँदा बेलायत गएको र भूर्वू गोर्खा सैनिकको पेन्सन बढाउने सहमति गरेको स्मरण गर्दै देउवाले भने, ‘अहिले त एउटा पनि सहमति भएको छैन ।’
राजीनामा दिइसकेकी प्रधानमन्त्री टेरिजा मेले के सहमति गर्नेसक्छिन् र भन्ने प्रश्न गरे ।
उनले प्रधानमन्त्रीलाई गोर्खा सैनिकले गार्ड अफ अनर दिएकोमा समेत टिप्पणी गरे । पूर्वप्रधानमन्त्री देउवाले व्यंग्य गर्दै भने, ‘गोर्खा सेनाले गार्ड अफ अनर रे । ह्वाइटहरुले सलाम नै गर्न मानेन त के गर्ने ?’
फ्रान्समा कार्यकारी राष्ट्रपति रहेको तर, उनले प्रधानमन्त्रीलाई नै नदिएको भन्दै उनले भ्रमण असफल भएको निष्कर्ष सुनाए ।
प्रतिक्रिया 4