Comments Add Comment

माइतीघरको बटमलाइन : गुठी विधेयकको खारेजी (फोटो फिचर)

Photo Credit : विकास श्रेष्ठ/अनलाइनखबर

४ असार, काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि उपत्यकाका गुठियारहरुले त्यसबाट चित्त बुझाएनन् । गुठी विधेयक फिर्ता लिएर मात्रै नपुग्ने भन्दै यसलाई खारेज नै गर्नुपर्ने  उपत्यकाबासीहरूकाे माग छ ।

भूमि व्यवस्था मन्त्री पदमा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरेर गुठी विधेयकमा थप छलफल गर्नुपर्ने भएको बताउँदै फिर्ता लिएको घोषणा गरेकी थिइन् । मन्त्री अर्यालको निर्णयलाई समर्थन गर्ने प्रधानमन्त्री ओलीले बताएका थिए ।

तर, सरकारले विधेयक फिर्ता लिए पनि बुधबार काठमाडौंको माइतीघरमा दिनभर विरोध प्रदर्शन भयो, जहाँ आन्दोलनकारीहरुले विधेयक फिर्ता लिएर मात्रै आन्दोलन नरोकिने बताउँदै विधेयक खारेजी आफ्नो बटमलाइन भएको घोषणा गरे । सरकारले विधेयक खारेज गरेको घोषणा नगरेसम्म आन्दोलन नरोकिने प्रदर्शनकारीहरुले बताए।

बुधबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट निस्केको जुलुस माइतीघर मण्डलामा आइपुगेर सभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा सहभागीहरुले एकै स्वरमा आफ्नो बटमलाइन सुनाए, ‘सरकारले गुठी विधेयक फिर्ता लिएर मात्रै पुग्दैन, फिर्ता नलिँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

माइतीघर मण्डलामा उपत्यकाका ४० भन्दा बढी गुठीहरूका तर्फबाट सहभागिता जनाइएको थियो । प्रदर्शनका कारण उपत्यकाको यातायात व्यवस्थासमेत अस्त व्यस्त भएको थियो ।

हेर्नुहोस् भिडियो र तस्वीर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment