Comments Add Comment

डाक्टर दम्पतीको घर झगडा : पत्रकार सम्मेलनमै लफडा

४ असार, वीरगञ्ज । पर्सामा डाक्टर दम्पतीको घर झगडा सञ्चार माध्यममा छताछुल्ल भएको छ । डा. निलम कुमारी साहले पत्रकार सम्मेलन गरेर न्याय र सुरक्षा मागेपछि डा. राजेश कुमार साहले जवाफी कार्यक्रम राखेका थिए ।

तर पत्रकार सम्मेलनमै डा. निलम पनि आइन् । आमा डा. रम्भा देवी र काकासँगै आएकी उनले परिवारका अन्य सदस्य घरमा आउँदा तपार्इँ किन आउनु भएको छैन भन्दै श्रीमानलाई बलपूर्वक घर लैजान खोजेपछि स्थिति तनावपूर्ण बन्यो ।

डा निलमले आफ्नो सल फुकालेर श्रीमानको घाँटीमा राखेर तान्न खोनिन् तर, सम्भव भएन ।

सम्बन्ध कानुनमा छ, व्यवहारमा मरिसक्यो

डा राजेशले भने श्रीमतीमाथि घरेलु हिंसा गरेको तथा दाइजो मागेको दुबै आरोप खण्डन गरे । ‘परिवारमा सानातिना नोकझोक हुनु त सामान्य हो तर, हामी दुईबीच विवाह गरेको केहि समयपछि नै सम्बन्ध विग्रन शुरु भयो । त्यसपछि कहिल्यै सुध्रिएन’ उनले भने, ‘विवाह गरेको ५ वर्षमा एक बर्ष पनि राम्रोसँग सँगै बसेको छैन ।’

उनले अघि भने, ‘म घरमा बस्दिन । न्युजिल्याण्डमा अध्ययन गरिरहेको छु, उहाँ घरमा बस्नु भएको छैन । दुवै जना घरमा सँगै बसेको छैन भने कसरी घरेलु हिंसा भयो ? ’

डा. निलमसँगै बस्न नसक्ने निष्कर्षमा पुगेर सम्बन्ध विच्छेदका लागि अदालत गएको भन्दै उनले न्याय पाउने विश्वास व्यक्त गरे । ‘बरु म मनै तयार छु तर, डा निलमसँग मेरो जीवन चल्दैन’ उनले भने ।

अध्ययनका लागि चीन जानु अघि नै सम्बन्धमा उतारचढाव आएको उनको भनाइ छ । ‘चाइना जाँदा एउटा प्लेनमा भएपनि हाम्रो बोलचाल भएन । डा. निलम, सासुआमासँग बस्नुभयो । त्यसपछि कहिल्यै राम्रो व्यवहार भएको छैन’ उनले भने, ‘पटक पटक झै झगडा गर्ने र दुःख दिने काम मात्रै भएको छ । कानुनमा सम्बन्ध भएपनि व्यवहारमा सधैंका लागि बन्द हुने अवस्थामा पुगिसकेको छ ।’

डा. निलम भन्छिन् : उहाँसँगै जीवन बिताउँछु

तर डा. निलमले जीवनभरी डा राजेशसँगै बस्ने बताइन् । परम्परा अनुसार विवाह गरेको छुट्टिएर बस्नका लागि नभई सँगै बस्नका लागि भएको उनको तर्क छ । ‘अध्ययनको सिलसिलामा सँगै बस्न पाइएन । अहिले म घरमा बसिरहेको छु । उहाँ विभिन्न बहानामा घरबाट निकाल्न खोज्नु भएको छ’ उनले भनिन् ‘जीवनभरी अर्को विवाह गर्दिन, उहाँसँग नै बस्ने हो । अरु कुरा मलाई थाहा छैन ।’

०७५ माघ २० गते निलमले जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसाको मुद्धा दर्ता गरेकी थिइन् भने डा. राजेशले ०७५ चैत २७ गते पर्सा जिल्ला अदालतमासम्बन्ध विच्छेदको मुद्धा दर्ता गराएका थिए । पर्सा जिल्ला अदालतले १५ वैशाखमा अन्तरिम संरक्षणात्मक जारी गरेपछि डा. निलम वीरगञ्ज–६ माइस्थानस्थित घरमा ताल्चा फोडेर प्रवेश गरेकी थिइन् ।

यो पनि पढ्नुहोस

डाक्टर दम्पत्तीको विवाद : ताल्चा फोडेर घर पसेकी निलम असुरक्षित !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment