५ असार, काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा घरेलु टोली नेदरल्यान्ड्सले जिम्बाब्वेमाथि ७ विकेटको प्रभावकारी जित निकालेको छ । यो जितसँगै नेदरल्यान्ड्सले दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा १-० को अग्रता बनाएको छ ।
४७ ओभरमा २०६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४२.५ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो ।
नेदरल्यान्ड्सका लागि म्याक्स डोवडले अविजित ८७ रन बनाए । त्यस्तै, वेस्ली बरेसीले अविजित ३९ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ४७ ओभरमा ८ विकेटको क्षतिमा २०५ रन मात्रै बनाएको थियो । ब्रेन्डन टायलोरले ७१ र किल जर्भिसले अविजित ३२ रन बनाएका थिए ।
प्रतिक्रिया 4