Comments Add Comment

‘पीकु’मा काम नगर्नु जिन्दगीकै ठूलो गल्तीः परिणिती

सन् २०१५ मा रिलिज भएको ‘पीकु’ निकै सफल चलचित्र हो । यो चलचित्रबाट नायिका दीपिका पादुकोणले धेरै अवार्डहरु जितेकी थिइन् । यो चलचित्रमा दीपिकाले नायक इरफान खानको जोडी भएर काम गरेकी थिइन् भने दीपिकाको पिता अभिताभ बच्चन बनेका थिए ।

चलचित्र रिलिजको समयमा निर्देशकले नायिका पादुकोण पहिलो रोजाई नभएको खुलाएका थिए । उनले यसो भन्दै गर्दा नायिकाको नाम भने भनेका थिएनन् । तर, अहिले यसको खुलासा भएको छ । यो कुराको खुलासा नायिका परिणिती चोपडाले गरेकी छिन् । उनले भनेकी छिन्–‘पीकु’को लागि सुजितले मलाई अफर गरेका थिए । तर, मैले उक्त चलचित्रमा काम गरिनँ ।’

यो चलचित्रमा काम नगरेकोमा परिणितीलाई पछुतो लागेको छ । उनले भनेकी छिन्–‘जीवनमा नै सबैभन्दा ठुलो पश्चताप भनेको नै ‘पीकु’ चलचित्रमा काम नगर्नु हो जस्तो लाग्छ ।’ परिणिती अहिले सानिया मिर्जाको बायोपिक चलचित्रमा काम गरिरहेकी छिन् । यो चलचित्रका लागि उनी उत्साहित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment