+

विश्वकप क्रिकेट : आज बंगलादेश र अष्ट्रेलिया भिड्दै

२०७६ असार  ५ गते ७:०५ २०७६ असार ५ गते ७:०५
विश्वकप क्रिकेट : आज बंगलादेश र अष्ट्रेलिया भिड्दै

५ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज बंगलादेश र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्दैछ ।

ट्रेन्ट ब्रिजमा नेपाली समयानुसार दिउँसो ३ बजेर १५ मिनेटमा बंगलादेश र अष्ट्रेलियाबीचको खेल सुरु हुदैछ ।

बंगलादेशले दक्षिण अफ्रिका र वेष्ट इन्डिजसँग जित निकाल्दा न्युजिल्यान्ड र इंग्ल्यान्डसँग भने हार ब्यहोरेको छ । यता, अष्ट्रेलियाले आफूले खेलेको पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ८ अंक बनाएको छ । अफगानिस्तान, वेष्ट इन्डिज, श्रीलंका र पाकिस्तानलाई पराजित गरेको अष्ट्रेलिया भारतसँग भने हारेको थियो ।

अष्ट्रेलिया टिम

आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन कउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मार्कुस स्टोइनिस र एडम जाम्पा ।

बंगलादेश टिम

मश्रफे मोरटजा (कप्तान), अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्फिक्यर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय