५ असार, काठमाडौं । ब्राजिलमा जारी ४६ औं कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र पाराग्वेबीचको खेल बराबरीमा सकिएको छ । बिहीबार बिहान भएको खेलमा दुवै टिमले एक–एक गोल गरेका हुन ।
पाराग्वेले पहिलो हाफको ३७ औं मिनेटमा रिचार्ड सान्चेजको गोल मद्दतले अग्रता लिएको थियो । ५७ औं मिनेटमा पेनाल्टीमार्फत अर्जेन्टिनी कप्तान लियोनल मेसीले गोल गरे ।
समूह ‘बी’मा रहेको पाराग्वे दुई अंकसहित दोस्रो र एक अंक जोडेको अर्जेन्टिना चौथो स्थानमा छ । दुवै टिमले दुई–दुई खेल खेलेका छन् ।
आजै भएको अर्को खेलमा कोलम्बियाले कतारलाई १–० गोल अन्तरले पराजित गर्यो । ६ अंकसहित कोलम्बिया शीर्ष स्थानमा र एक अंक जोडेको कतार तेस्रो स्थानमा छ ।
प्रतिक्रिया 4