Comments Add Comment

‘जाम्न माया जाम’मा पुष्पको तारिफ

केही दिन अगाडि मात्र चलचित्र ‘मारुनी’को पहिलो गीत सार्वजनिक भयो । दीपक बज्रचार्यको स्वर तथा संगीतमा रहेको गीत ‘जाम न माया जाम’मा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड छन् । भिडियोमा प्रविण सिंहको नृत्य निर्देशन छ ।

गीतको भिडियो सार्वजनिक भएपछि नायक पुष्प खड्काको राम्रै प्रशंसा भैरहेको छ । धेरैले पुष्पको नृत्यको तारिफ गरेका छन् । पुष्पको नृत्य कमै मात्र नायकमा हुने क्षमताको रहेको तर्क पनि दर्शकले गरेका छन् । यो गीतले चलचित्रको व्यापारमा असर गर्ने अपेक्षा गरिएको छ ।

कतिपय दर्शकले भने पुष्पलाई पुराना नायक श्रीकृष्ण श्रेष्ठ र दिलिप रायमाझीसँग तुलना गरेका छन् । पुष्पले सो स्थान लिन सक्ने आशा दर्शकको छ । नायक पुष्प खड्काले पनि दर्शकले दिएको प्रतिक्रियाबाट आफू उत्साहित रहेको सुनाए । आफुहरुले गरेको मिहिनेत अनुसार दर्शकको माया पाएको भन्दै उनले खुशी व्यक्त गरे । उनले, दर्शकको प्रतिक्रियाबाट आफूलाई काम गर्न अझै हौसला मिलेको सुनाए ।

भदौ १३ गतेबाट रिलिज हुने यस चलचित्रमा पुष्प र साम्राज्ञीसँगै रेविका गुरुङको पनि मुख्य भूमिका। नवल नेपालको निर्देशनमा तयार भएको चलचित्रमा पूनम गौतमको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment