Comments Add Comment

गाँजा ओसार्न भाडामा महिलाको प्रयोग

५ असार, हेटौंडा । बुधबार प्रहरीले ३७ केजी गाँजासहित भारतीय नम्बरको कारलाई नियन्त्रणमा लिएपछि गाँजा ओसार प्रसारमा कारोबारीले भाडामा महिलाको प्रयोग गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले चितवनको भण्डाराबाट वीरगञ्जतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बी आर ०१ सी एन ६९८६ नम्बरको कारलाई हेटौंडा ९ पशुपतिनगरस्थित पूर्वपश्चिम राजमार्गमा चेक गर्दा ३७ किलो गाँजा फेला परेको थियो ।

कारोबारीले प्रहरीलाई झुक्याउन भाडामा महिलाको प्रयोग गरी गाजा ओसार प्रसार गर्ने गरेको प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको नेतृत्वको टोलीले हेटौंडा ९ मा पर्ने पुर्व पश्चिम लोकमार्गबाट ३७ किलो गाँजा सहित ३ जनालाई गरेको हो ।

पक्राउ पर्ने भारत बिहारकी ४५ बर्षीया महिला अन्नुदेवी पासवानलाई प्रत्येक पटक ओसार प्रसार गराए बापत ८ हजार दिने सहमति अनुसार भाडामा ल्याइएको अनुसन्धानको क्रममा खुलेको उपरीक्षक सिंहले बताए ।

पक्राउ परेका अन्य दुई जनामा कार चालक पर्सा सुगौली गाउँपालिका १ बस्ने ३२ बर्षीया साम सहमत र भारत बिहार बैसाली मोहनपुर चैदाबाद बस्ने २४ बर्षीय मनिष कुमार रहेका छन् । उनीहरुले महिलालाई पारिवारिक सदस्य बनाई, प्रहरीलाई झुक्याएर गाँजा ओसार प्रसार गराउन प्रयोग गरेको उपरीक्षक सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment