Comments Add Comment

सरकार फासीवादतर्फ उन्मुख : मोहन बैद्य

५ असार, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका केन्द्रीय महासचिव मोहन बैद्यले ओली सरकार फासीबादतर्फ उन्मुख भएको बताएका छन् ।

सरकारले आफ्नै पार्टीको संसदीय दल तथा पार्टीमा आन्तरिक छलफलनै नगरि विधेयकहरु धमाधम ल्याउने काम गरेको भन्दै उनले सरकार फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाए ।

विना तयारी तथा छलफल ल्याएको गुठी विधेयक फिर्ता गर्नुपरेको उदाहरण दिँदै महासचिव बैद्यले मिडिया काउन्सिलको विधेयक पनि फिर्ता गर्नुपर्ने धारणा ब्यक्त गरे ।

नेकपा क्रान्तिकारी माओवादी निकट युवा संगठन क्रान्तिकारी युवा लिग नेपालको पहिलो केन्द्रीय अधिवेशनको पूर्वंसन्ध्यामा बिहीबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा उनले क्रान्ति पुरा नभएको भन्दै नयाँ क्रान्ति आवश्यक भएको बताए ।

हजारौं युवाहरुको रगतको बलिदानबाट अहिले सरकारमा पुग्ने कम्युनिष्टले युवाहरुको बलिदानलाई उपेक्षा गरेको भन्दै युवाहरुको क्रान्तिबाट देशलाई साम्यवादमा लाने पार्टीको योजना रहेको समेत बताए । नेकपा क्रान्तिकारी युवा लिग नेपालको पहिलो केन्द्रीय अधिवेशन तथा सम्मेलन शुक्रबारबाट दुई दिनसम्म हेटौंडामा चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment