Comments Add Comment

 नेपाल औषधि थोक व्यवसायी संघ गण्डकीको अभिमुखीकरण

५ असार, काठमाडौं । नेपाल औषधि थोक व्यवसायी संघ गण्डकीको आयोजनामा पोखरामा दुई दिने थोक औषधि व्यवसायी लक्षित ‘वितरण तथा भण्डार सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ ।

नेपाल औषधि व्यवस्था विभागका महानिर्देशक  नारायणप्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा ढकालले गुणस्तरीय औषधि सर्वसुलभ मूल्यमा सहजरुपमा उपभोग गर्न पाउने नागरिकको हकको रक्षार्थ विभाग निरन्तर क्रियाशील रहेको बताए ।

गण्डकी प्रदेशका ५ दर्जन भन्दा बढ थोक औषधि व्यवसायीको सहभागिता रहेको कार्यक्रममा महानिर्देशक ढकालले गुणस्तरिय औषधि उपभोक्तासम्म पुर्‍याउने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आइरहेका थोक औषधि व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताए ।

ढकालले यो व्यवसायलाई थप परिष्कृत र व्यवस्थित गर्न विभाग सरोकारवाला संस्थावीचको समन्वय हुनुपर्नेमा जोड दिए । गुणस्तरीय औषधिको विक्री वितरणका लागि भण्डारण र वितरणको विषयमा अपनाइनुपर्ने न्यूनतम मापदण्ड र सावधानीबारे अभीमुखीकारणले पर्याप्त ज्ञान दिनेमा उनले विश्वास व्यक्त गरे ।

संघका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले आफ्ना सदस्यको व्यवासायिक सुरक्षा सहित व्यवस्थित औषधिको कारोवारका लागि संस्थागत पहलकदमीबारे प्रष्ट्याए । औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले अभिमुखीकरणको माध्यमबाट औषधिको भण्डारण र वितरणमा सचेतना जागृत हुने बताए ।

संघका गण्डकी प्रदेशका अध्यक्ष रुऽ नारायण मल्लको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष श्रीराम पराजुली, महासचिव गणेश नेपाल, संघका सदस्यहरु विप्लव अधिकारी, सन्तोष बरालसहित संघका सल्लाहकार इन्ऽप्रसाद शर्मा लगायतले मन्तब्य राखे । कार्यक्रमको सहजीकरण गण्डकी प्रदेश सचिव गोपाल अधिकारीले गरेका थिए ।

औषधि व्यवस्था विभागका विधागत प्रशिक्षकद्वय किरण बज्राचार्य र अरविन्द बानियाँले औषधिको भण्डारण र वितरणको क्रममा अपनाइनुपर्ने सावधानी तथा सचेतनाका सवालमा सहभागीहरुलाई प्रशिक्षित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment