+
+
Shares

नेपालका लागि चिनियाँ राजदूत अब ट्वीटरमा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ६ गते ११:०१
Photo Credit : Hou Yanqi/Twitter

६ असार, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूतको औपचारिक गतिविधिको जानकारी अब ट्वीटरबाट पनि थाहा पाइने भएको छ ।

चीन सरकारले ट्वीटर, फेसबुक जस्ता सामाजिक सन्जालमा प्रतिबन्ध लगाए पनि नेपालको लागि चिनियाँ राजदूतावासले राजदूत होउ यान्छीको भने ट्वीटर अकाउन्ट खोलेको छ । उनको ट्वीटर ह्याण्डल @PRCAmbNepal हो । यसमा उनका कार्यक्रमबारे जानकारी दिइने छ ।


यसमा नेपालका लागि चिनियाँ राजदूत यान्छीले पहिलो पटक दक्षिण एसियाको विकास र समृद्धिको लागि बेल्ट एण्ड रोड सम्बन्धी एक गोष्ठीको तस्वीरसहित आफ्नो संक्षिप्त भनाइ ट्वीट गरेकी छन् ।

यो कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको बताउँदै उनले छिमेकी र दक्षिण एसियाली देशहरुको सामाजिक तथा आर्थिक विकासका लागि चीनले साझेदारी गर्ने जानकारी दिएकी छन् ।

नेपालस्थित चिनियाँ राजदूतावासको वेबसाइट पनि छ । त्यहाँबाट पनि बिभिन्न सूचना र गतिविधिको जानकारी पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?