Comments Add Comment

फेसबुकमा सर्वाधिक लाइक कमाएका यी हिरोइनका फिल्म हलमा किन चल्दैनन् ?

नायिका रेखा थापा फेसबुकमा सर्वाधिक धेरै लाइक कमाउने नेपाली नायिका हुन् । रेखा थापाको फ्यान फलोअर्सलाई छुन अरु नायिकालाई लामै समय लाग्छ । लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय नायिकालाई सामाजिक संजालमा दर्शकले रुचाएका छन् । उनको फेसबुकमा ३३ लाख भन्दा बढी फलोअर्स देखिएका छन् । जसले उनको पेज लाइक गरेका छन् ।

तर, नायिका रेखा थापाको चलचित्रले गरेको व्यापार भने निकै नै कमजोर छ । रेखाका पछिल्ला रिलिज चलचित्रहरु बक्स अफिसमा कमजोर हुँदै जाँदा उनी कमजोर बनेको अनुमान लगाइएको छ । केही बर्ष अघिसम्म रेखालाई पोष्टरमा देख्दा पनि दर्शक हलसम्म उर्लिएका थिए । तर, अहिले उनको फ्यान क्रेज फेसबुकमा देखिएको छ, हलमा छैन ।

सर्वाधिक धेरै फ्यान कमाएकी अर्की नायिका हुन्, प्रियंका कार्की । जसको फेसबुक पेजमा लाइक गर्नेको संख्या २१ लाख भन्दा बढी छ । नायिका कार्की फेसबुक र इन्स्टाग्राममा बढी सक्रिय छिन् । उनी सामाजिक संजाल राम्रोसँग चलाउन जान्ने नायिका हुन् भन्न सकिन्छ ।

तर, उनको सामाजिक संजालमा देखिएको क्रेज हलमा देखिएको छैन । उनको पछिल्लो रिलिज चलचित्र ‘प्रेमदिवस’ले १० लाख ग्रस पनि मुश्किलले गर्न नसक्नु यसैको उदाहरण हो । उनको आजसम्म सोलो नायिकाको रुपमा खेलेका चलचित्र चलेका छैनन् । सामाजिक संजालमा उनलाई पछ्याउने र उनको प्रशंसामा नथाक्ने फ्यान थुप्रै छन् । तर, ती फ्यान नै हलसम्म आकर्षित भएका छैनन् ।

नायिका केकी अधिकारीको फ्यान क्रेज पनि गज्जबको छ । केकी सामाजिक संजालमा विशेषगरि, राजनीतिक, सामाजिक, आर्थिक र समसामयिक बिषयमा कुरा गर्छिन् । उनलाई पछ्याउनेको संख्या करिब १० लाख छ । केकी अधिकारीको बौद्धिकताको चर्चा पनि हुने गर्दछ । तर, विडम्बना उनलाई पछ्याउनेहरु नै उनको चलचित्र हेर्न हलसम्म पुग्दैनन् ।

केकी अधिकारीले आजसम्म एउटै हिट चलचित्र दिन नसक्नुको कारण पनि यही नै हो । सामाजिक संजालमा लाइक आउनु र हलमा दर्शक आउनु फरक कुरा हो भन्ने यसबाट पनि वुझ्न सकिन्छ । नायिका नम्रता श्रेष्ठलाई फेसबुकमा पछ्याउनेको संख्या १५ लाख बढी छ । नम्रता नेपाली चलचित्रकी भर्सटायल नायिका हुन् । यसैले, उनको चलचित्र असफल नै भएका छैनन् । उनले काम गरेका चलचित्रले निर्माताको लगानी नउठाएपनि उनको अभिनयको तारिफ भने सधै हुने गर्दछ । नम्रता श्रेष्ठको सामाजिक संजालमा देखिएको फ्यान क्रेज अनुसार दर्शक हलसम्म त आएका छैनन् । तर, उनको माथि उल्लेख गरिएका ३ नायिका भन्दा बढी नै क्रेज हलमा देखिन्छ ।

नायिका वर्षा सिवाकोटीलाई फेसबुकमा पछ्याउने दर्शकको संख्या ८० हजार छ । यस्तै, नायिका ऋचा शर्मालाई पनि फेसबुकमा पछ्याउनेको संख्या ७० हजार बढी छ । तर, यी दुबै नायिकाका चलचित्र हेर्न पनि हलमा दर्शक आउँदैनन् ।
सामाजिक संजालको सक्रियता र चलचित्रको व्यापार फरक कुरा हुन् । धेरै कलाकार सामाजिक संजाललाई आधार मानेर आफ्नो लोकप्रियताको मापन पनि गर्छन् । यो केही हदसम्म सही नै होला । तर, यसले बक्स अफिसमा उछाल नै ल्याउँछ भन्ने देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment