+
+
Shares

श्रीलंकाले इंग्ल्याण्डलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ६ गते २३:०६

काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंकाले बलियो टोली इंग्ल्याण्डमाथि २० रनको महत्वपूर्ण जित हात पारेको छ ।

श्रीलंकाले प्रस्तुत गरेको २३३ रनको लक्ष्य पछ्याएको घरेलु टोली ४७ ओभरमा २१२ रनमा अलआउट भयो । उसका बेन स्टोक्सले ८२ रन बनाए भने जोए रुटले ५७ रनको योगदान दिए । तर अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

उसलाई सस्तैमा समेट्ने क्रममा लासिथ मालिंगाले ४ विकेट लिए भने धनन्जय डी सिल्भाले ३ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २३२ रन बनाएको थियो । मात्र ३ रन जोड्दा ओपनरद्धयलाई गुमााएको उसको पारी एन्जेलो म्याथुले सम्हाले । उनी ८५ रनमा अविजित रहे । अभिशाका फर्नान्डोले ४९ रन बनाए भने कुशल मेन्डिसले ४६ रन जोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?