
Photo Credit : सोनु क्षेत्री । सडकबाट २०० मिटर तल खसेर क्षतविक्षत एम्बुलेन्स ।
८ असार, रामेछाप । बिरामी लिन गएको एम्बुलेन्स आइतबार बिहान दुर्घटना हुँदा रामेछापमा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी, भीमेश्वर उपशाखा सिन्धुलीको बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स मन्थली–६, कुनौरीमा दुर्घटना हुँदा चालक २२ वर्षीय नीरबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । उनी गोलान्जोर गाउँपालिका–७, सिन्धुलीका हुन् ।
जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार, दुर्घटनामा अर्का १ जना घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
दुर्घटनाग्रस्त एम्बुलेन्स सडकबाट २०० मिटर तल खसेर क्षतविक्षत छ । दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
बिरामी लिन मन्थली गएको एम्बुलेन्समा चालकसहित २ जना मात्र सवार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4