+
+
Shares

किताबमा भन्सार लगाएर सरकारले ज्ञानमा नियन्त्रण गर्न खोज्यो : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ८ गते १२:११

८ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले पुस्तक आयातमा भन्सार लगाएर ज्ञानमा नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले भने, ‘किताबलाई महँगो बनाउँदै यसमा नियन्त्रण गर्नु र प्रकारान्तरमा ज्ञानमा नियन्त्रण गर्ने उद्धेश्यले यस्तो व्यवस्था गरिएको हो ।’

आर्थिक वर्ष ०७६/७७ को बजेटमा विदेशमा प्रकाशित पुस्तकमा लगाइएको १० प्रतिशत भन्सारको विरोध गर्दै थापाले यस्तो धारणा राखेका हुन । भन्सार लगाउँदा स्वदेशी मुद्रण उद्योग र राजस्व संकलनमा टेवामा पुग्छ भन्ने कुरा सही नभएको सांसद थापाको भनाइ छ ।

‘भन्सार बढाउँदा पनि पुस्तक किन्न छाडेनन् भने एक जनाले कति पुस्तक ल्याउन पाउने हो कोटा तोक्नुस्, विमानस्थल जस्ता ठाउँमा सुरक्षा जाँच कडा गर्नुस्’ थापाले व्यंग गर्दैै भने, ‘किताब बढी ल्याउनेलाई दण्ड जरिवाना गराउनुस् । त्यसो गर्दा पनि नेपाली किताब नपढी नछाड्ने भने एकजना नागरिकले एक वर्षमा कतिवटा किताब पढ्न पाउने हो त्यसको पनि कोटा तोकिदिनुस् ।’

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?