
चलचित्र ‘चपली हाइट २’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक आयुष्मान देशराज जोशीलाई सुरुवाती दिनदेखि नै एक उपनाम दिइएको छ । उनलाई धेरैले ‘चुसेको आँप’ भन्ने गर्छन् । यो उपनाम दिएर उनको ट्रोल पनि खुबै बनेका छन् । सुरुवाती दिनमा भने आयुष्मान यो कुराबाट दिक्क थिए ।
आयुष्मान भन्छन्–‘सुरुवाती दिनमा चुसेको आँप भन्दा ऐनामा मैले आफूलाई धेरै चोटी हेर्थेँ । तर, आफूले आफूलाई हेर्दा त्यस्तो लाग्दैन थियो । मलाई किन यस्तो भनिन्छ भन्ने पनि लाग्थ्यो । तर, अहिले यो कुरा सामान्य लाग्छ ।’
आयुष्मान आफूले आजसम्म आफूलाई गुगल गरेर हेरेका छैनन् । नहेर्नुको कारण पनि चुसेको आँप नै हो । गुगल गर्दा आफूलाई चुसेको आँप देखाउने डरले गुगल नगरेको उनी बताउँछन् । उनले भने, ‘मैले गुगल गरे भने मलाई चुसेको आँप नै भनेर देखाउँछ होला । यसैले मैले आजसम्म गुगल गर्ने गरेको छैनँ ।’
अहिले आयुष्मान नयाँ चलचित्र ‘सानो मन’को प्रचारमा व्यस्त छन् । असारको २० गतेबाट यो चलचित्र रिलिज हुँदैछ । यो चलचित्रको ट्रेलरमा आयुष्मानलाई ‘चुसेको आँप’ भनिएको छ । यो आफ्नै सहमतीमा राखिएको आयुष्मानले बताए । उनले भने–‘यो संवाद हामीले गसिप बनोस् भनेर सल्लाह गरेर नै राखेका हौँ ।’
प्रतिक्रिया 4