Comments Add Comment

भलिबल संघको उपाध्यक्षमा कुमारराज नियुक्त

८ असार, काठमाडौं । नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा कुमारराज सुवेदी नियुक्त भएका छन् ।

संघको केन्द्रीय समितिको बैठकले सुवेदीलाई उपाध्यक्ष नियुक्त गरेको अध्यक्ष मनोरञ्जनरमण शर्माले जानकारी दिएका छन् । नियुक्तिपछि सुवेदीले भलिबल खेलको विकास विस्तारका लागि सक्रिय हुने प्रतिबद्धता जनाएका छन् ।

अहिलेसम्मको आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै खाले अनुभवको भरपूर सदुपयोग गर्दै भलिबल खेलको विकासमा समर्पित रहने सुवेदीले बताएका छन् ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वानको गभर्नरको कार्यकाल सफलतापूर्वक पूरा गरेका सुवेदी मानवअधिकारवादी तथा सामाजिक कार्यकर्ताको रुपमा परिचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment