+
+
Shares

बंगलादेशले अफगानिस्तानलाई दियो २६३ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ९ गते १९:२१

९ असार, काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई २६३ रनको लक्ष्य दिएको छ ।

इंग्ल्यान्डको साउथह्याम्पटनमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २६२ रन बनाएपछि अफगानिस्तानले मध्यम लक्ष्य पाएको हो ।

बंगलादेशको मध्यम स्कोरमा मुस्फिकर रहिमले सर्वाधिक ८३ रन बनाए । ८७ बलमा उनले चार चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै, सकिब अल हसनले ५१ रन बनाए । यता, तमिम इकबलले ३६ रन बनाउँदा मोसाद हुसेनले ३५ रन बनाए ।

बलिङतर्फ मुजिब उर रहमानले तीन र गुल्बादिन नाइबले दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?