Comments Add Comment

एयरपोर्टमा दीपिकालाई सुरक्षाकर्मीले परिचयपत्र मागेपछि….

बलिउड अभिनेत्री दीपिका पादुकोणलाई कुनै पहिचानको आवश्यक छैन । उनको नाम आफै एउटा पहिचान हो । उनलाई बलिउडदेखि हलिउडसम्म प्राय सबैले चिन्छन् । यहि कारण दीपिका जहाँ गए पनि आफ्ना प्रशंसकहरुबाट घेरिन्छिन् ।

यद्यपि, हालैमात्र दीपिकासँग मुम्बईको एयरपोर्टमा एउटा त्यस्तो घटना घट्यो, जसको भीडियो भाइरल बन्यो । कुरा के हो भने दीपिका आफ्ना बुबासँग बैंङलोर जाँदै थिइन् । एयरपोर्ट भित्र प्रवेश गर्ने बेलामा  एयरपोर्टका एक जना सुरक्षाकर्मीले उनलाई रोकेर उनको आईडी कार्ड मागे ।

भिडियोमा दीपिका आफ्ना बुबासँग मुम्बई एयरपोर्टमा प्रवेश गर्दै गरेको देखिन्छ । सञ्चारकर्मीहरुबाट घेरिएकी दीपिका सोझै अगाडि बढ्दै जाने क्रममा सुरक्षा गार्डले उनलाई बोलाएर नै आईडी देखाउन माग गरेका थिए ।

दीपिकाले पनि ढिला नगरी सुरक्षाकर्मीलाई आफ्नो आईडी देखाइदिइन् । दीपिकाको त्यो शालीन व्यवहार र सुरक्षाकर्मीले पूरा गरेका आफ्नो ड्यूटीले सबैको मन जित्न सफल भयो । त्यही प्रसंगको भिडियो अहिले भाइरल भइरहेको हो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment