
११ असार, काठमाडौं । रियल मड्रिडको पनि अब महिला फुटबल टिम हुने भएको छ । क्लबले डेपोर्टिभो टेकोन किनेको छ, जुन क्लब गत सिजन मात्र पहिलो डिभिजनमा बढुवा भएको थियो ।
यो टिमले अब नयाँ सिजन यिरल मड्रिडको ट्रेनिङ ग्राउण्डमा खेल्नेछ । डेपोर्टिभो टेकोन नाम २०१९–२० को सिजनसम्म रहनेछ भने अर्को वर्षबाट रियल मड्रिड नै हुनेछ ।
क्लब खरिदसम्बन्धी सहमतिलाई क्लबको बोर्ड बैठकले अनुमोदन गरेको छ ।
महिला लिगमा एथ्लेटिको मड्रिड च्याम्पियन छ, जसले पछिल्लो तीन सिजन उपाधि जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4