+
+
Shares

गृह मन्त्रालयको गाडीमा ट्राफिक प्रहरीको लक

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ११ गते १३:१२

११ असार, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले सडकमा पार्किङ गरेरा राखिएको गृह मन्त्रालयको गाडीमा लक लगाएका छन् ।

अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर राखेका वेला सरकारी नम्बर प्लेटको गाडीमा लक लगाइएको हो ।

प्रहरीका अनुसार पार्किङ गर्न निषेध गरिएको ठाउँमा बा २ झ ४३८८ नम्बरको गाडी राखिएको थियो । ट्राफिक प्रहरीले यो गाडी गृह प्रवक्ताको भएको बताएको थियो तर, मन्त्रालयका अधिकारीहरूले भने यो गाडी उनको नभएको दाबी गरेका छन् ।

महाशाखाका प्रमुख वसन्त पन्तले आफूलाई घटनाबारे जानकारी आएको बताउँदै सोधपुछ भइरहेको बताए ।

प्रत्यक्षदर्शीका यज्ञम्बर श्रेष्ठका अनुसार लक लगाएपछि गाडीमा रहेका कर्मचारीले ट्राफिक जवानलाई धम्क्याएका थिए । ‘कानुन पालना गराउने निकायले कानुनको रखवाली गर्दै गरेका प्रहरी दाइलाई दबाव दिएर कारवाही फिर्ता गराउन खोज्ने ?’, श्रेष्ठले प्रश्न गरेका छन्, ‘त्यति मात्रै होइन, फोनमार्फत कुरा गराएर ती प्रहरीलाई नै तर्साउन खोज्ने ?’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?