+
+

करिश्मा भन्छिन्–‘महंगो कलेजबाट अफर आयो, तर सरकारी क्याम्पस नै पढ्छु’

डाक्टर भट्टराइलाई करिश्माको यस्तो जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १३ गते १४:५३

केही दिन अगाडि चलचित्र ‘जात्रै जात्रा’ हेर्नका लागि काठमाण्डौको कुमारी हल पुगेका समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराइले नायिका करिश्मा मानन्धर २ बर्षदेखि राजनीति र पार्टीमा सक्रिय नभएको बताएका थिए । उनले भनेका थिए–‘उहाँलाई हामीले छुट्टी दिएका हौं । उहाँ एउटा राम्रो कलाकार हो । २ बर्षदेखि उहाँ राजनीतिमा सक्रिय हुनु भएको थिएन । उहाँले १२ कक्षासम्म पढ्छु भन्नु भएको छ । यसैले एक प्रकारले भन्नुपर्दा उहाँलाई छुट्टी दिइएको हो ।’

नायिका करिश्मा मानन्धरले भने पार्टीमा उचित स्थान नभएकाले राजनीतिमा सक्रिय रुपमा नलागेको बताउँदै आएकी थिइन् । उनै, करिश्मा बिहिबार सार्वजनिक भएको एसईईमा बी प्लस ल्याएर उत्तिर्ण भइन् ।

आज आफूले अध्ययन गरेको त्रिवेणी सामुदायिक विद्यालयमा खुशी साट्न पुगेकी नायिका मानन्धरले डाक्टर भट्टराइसँग सम्बन्ध बिगारेको कुरालाई अस्विकार गरिन् । तर, उनले भनिन्–‘सही कुरा सही ठाउँमा हुनुपर्छ । सही कुरा गलत ठाउँमा भयो त्यसको महत्व हुँदैन ।’ उनले असम्भव भन्ने कुरा केही पनि नभएकाले पनि आफूले फेरि राजनीति गर्ने कुरालाई नकार्न नमिल्ने बताइन् ।

नायिका मानन्धरले आफू घर नजिकैको सरकारी कलेजमा पढ्ने बताउँदै आएकी छिन् । सरकारी स्कुल र कलेजमा गरिबका छोराछोरी मात्र पढ्छन् भन्ने मानसिकता भएको भन्दै यसलाई चिर्न पनि आफूले सरकारी कलेज रोजेको उनले बताइन् । उनलाई, अध्ययनका लागि गोल्डेन गेटका शिक्षक घरमै भेट्न पनि पुगेका थिए । तर, उनले सरकारी कलेज नै पढ्ने अडान राखेकी छिन् । उनले आफूले व्यवस्थापन नै पढ्ने सोच बनाएको र आफ्नो लागि यही नै ठिक भएको पनि स्पष्ट पारेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?