+
+
Shares

उड्डयन प्राधिकरणको महानिर्देशकमा राजन पोखरेल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १३ गते १८:५८

१३ असार, काठमाडौं । नेपाली नागरिक उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजन पोखरेल नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले पोखरेललाई आगामी ४ वर्षे कार्यकालका लागि महानिर्देशकमा नियुक्त गरेको हो । २०४७ सालमा तत्कालीन हवाई विभागमा प्राविधिक अधिकृतका रुपमा सेवा प्रवेश गरेको उनी प्राधिकरणमा हवाइ सुरक्षा नियमन विभागका उपमहानिर्देशक थिए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को उडान सुरक्षा अडिट कार्यक्रमको नेपाल संयोजकका रुपमा उनले काम गरेका थिए ।

सोही अडिटपछि जुलाई २०१७ मा आइकाओले नेपाललाई उडान सुरक्षा चासोको लिस्टबाट हटाएको थियो ।

महानिर्देशकमा नियुक्त पोखरेलले आगामी दिनमा उक्त सुरक्षा चासोमा प्राप्त उपलब्धिको रक्षा गर्दै नेपाललाई यूरोपेली यूनियनको कालोसूचीबाट हटाउनु आफ्नो प्राथमिकता हुने बताए ।

भैरहवा र पोखरा विमानस्थलको संचालन तथा प्राधिकरणको व्यवस्थापन सुधारमा समेत आफुले काम गर्ने उनको प्रतिक्रिया छ । उनी बर्दियाका स्थायी बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?