+
+
Shares

जनकपुरधाम उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १३ गते २०:२१

१३ असार, जनकपुरधाम । प्रदेश २ को राजधानीसमेत रहेको जनकपुरधाम उप–महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि १ अर्ब ६७ करोड ५५ लाख ७३ हजार २ सय २० रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार उपमहानगरपालिकाको चौथो नगरसभामा उप–मेयर रिता मिश्रले बजेट प्रस्तुत गरिन् । बजेटमा पूँजीगततर्फ १ अर्ब १४ करोड ४० लाख ४२ हजार र चालूतर्फ ५३ करोड १४ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

संघीय सरकारबाट स–शर्त अनुदान ४० करोड, प्रदेश सरकारबाट २ करोड, संघबाट समाजिक सुरक्षाका लागि २४ करोड, आईयूडीपीबाट १३ करोड, संसदीय कोषबाट २ करोड ७५ लाख रुपैयाँ आउने बजेटमा जनाइएको छ । बजेटमा १५ करोड ७० लाख रुपैयाँ तलब भत्ताका लागि विनियोजन गरिएको छ ।

वडा अध्यक्ष र सदस्यहरुको विरोध

नगरसभामा प्रस्तुत गरिएको बजेटमा केही वडा अध्यक्ष र सदस्यहरुले बिरोध जनाउँदै बहिष्कार गरेका छन् । १ सय ३१ जना कार्यपालिका सदस्य रहेको उप–महानगरपालिकाका सात जना वडाअध्यक्षसहित ३१ जनाले बहिष्कार गरेका छन् ।

वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साहले बजेटको छलफलका लागि कुनै समय नदिइएको बताए । उनले कुन वडामा कुन योजनामा कति बजेट छुटयाइएको हो ? भन्ने जानकारी नदिई एक्कासी हचुवाको भरमा ल्याएर पास गर्न दवाव दिइएको उनले बताए ।

नगर सभामा स्पष्ट बजेट नआएको भन्दै बोर्ड सदस्यहरुले विरोध जनाएपछि औपचारिक रूपमा बजेटको कागजात समेत वितरण गरिएन । मेयर लालकिशोर साहले विनियोजित बजेटको केही योजनामा त्रुटि भएकोले त्यसलाई संशोधन गरी प्रस्तुत गरिने पत्रकारहरुलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?