Comments Add Comment

शिल्पा भन्छिन्–‘नेपाली फिल्ममा केही गर्छु भनेर नेपाल आएँ’

साउनको २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सानो मन’को टिम मोफसल दौडमा छ । चलचित्रको टिमले पोखरा, चितवनका मिडियाकर्मीसँग अन्तरक्रिया गरेको छ । चलचित्रकी मुख्य नायिका शिल्पा मास्के, कलाकार सक्षमकृष्ण सुवेदी, निर्माता राजेन्द्र मानन्धर मोफसल दौडमा छन् । नायिका शिल्पा मास्केले आफूले लण्डनमा बसेर विदेशी चलचित्रमा पनि काम गरेको सुनाउँदै नेपाली चलचित्रमा केही गर्छु भनेर नेपाल आएको सुनाइन् ।

उनले कथावस्तु प्रभावशाली लागेकाले यो चलचित्रमा काम गरेको बताइन् । दर्शकले गर्ने मुल्यांकनले आफूलाई आगामी दिनमा अझै हौसला मिल्ने उनको तर्क छ । यस्तै, चलचित्रका निर्माता मानन्धरले आफूलाई कथा मन परेपछि यसमा लगानी गरेको सुनाए । सुयोग गुरुङको निर्देशनमा बनेको यो चलचित्रमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, विशाल पहाडी, गौरी मल्ल, रश्मी भट्ट, शिशिर वाङ्देल लगायतका कलाकारको मुख्य भूमिका छ ।

म्यूजिकल लभ स्टोरी कथामा यो चलचित्र निर्माण भएको छ । नायिका मास्केको अघिल्ला दुई चलचित्रले बक्स अफिसमा खासै राम्रो व्यापार नगरेकाले पनि उनका लागि यो चलचित्र विशेष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment