Comments Add Comment

१० करोड पटक डाउनलोड भयो गुगल गो

सुपथ मूल्यका स्मार्टफोनका लागि लक्षित गुगल एपको सरलीकृत भर्सन गुगल गो १० करोडपटक डाउनलोड भएको छ ।

एन्ड्रोइड पुलिसको रिपोर्ट अनुसार गुगल गो गुगल प्ले स्टोरमा १० करोड पटक डाउनलोड हुने गुगलको पछिल्लो एप बनेको छ ।

सन् २०१७ को डिसेम्बरमा लञ्च भएको गुगल गो सन् २०१८ को सेप्टेम्बरमै १ करोड पटक डाउनलोड भएको थियो ।

एन्ड्रोइड गो अपरेटिङ्ग सिस्टममा प्रिइन्स्टल्ड भएको हुनाले पनि गुगल गो को सुरुवाती डाउनलोड उच्च देखिएको थियो । तर पछिल्लो समयमा भने गुगल गो का प्रयोगकर्ताको संख्यामा उल्लेखनीय वृद्धि देखिएको छ ।

सुरुआती चरणका स्मार्टफोन प्रयोगकर्ताका लागि लक्षित गरी गुगलले एन्ड्रोइड गो अपरेटिंग सिस्टम ल्याएको थियो । खासगरी न्यून मूल्यका स्मार्टफोन प्रयोगकर्तालाई समेत गुगलको समग्र अनुभव प्रदान गर्नु गुगल गो को लक्ष्य रहेको कम्पनीले यसको लञ्चका क्रममा बताएको थियो ।

स्मरण रहोस् गत महिना गुगल मेसेज एप प्ले स्टोरमा ५० करोड पटक इन्स्टल हुने कोसेढुंगा पार गरेको थियो । यद्यपि गुगलले सबै एन्ड्रोइड मोबाइल फोनमा यो मेसेज एप प्रिइन्स्टल गर्न अनिवार्य गरेको छैन ।

तथापि गुगलको पिक्सेल फोनका साथै नोकिया र हुवावेको एन्ड्रोइड वन फोनमा एसएमएसका लागि गुगल मेसेज डिफल्ट एपको रुपमा राखिएको छ । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment