Comments Add Comment

‘लक्का जवान’ निर्देशन गर्दै शिवहरि

आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने चलचित्र ‘लक्का जवान’को घोषणा गरिएको छ । निर्माता तथा कलाकार किरण केसीको जन्मदिनमा यो चलचित्रको लगानी गरिएको हो । पारिवारिक तथा कमेडी कथामा बन्न लागेको यो चलचित्रलाई शिवहरि पौडेलले निर्देशन गर्न लागेका हुन् । केही हाँस्य सिरियल निर्देशन गरिसकेका पौडेलको यो डेब्यू चलचित्र हो ।

ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहने चलचित्रका सह–निर्मातामा किरण केसी, दिलिप रायमाझी र शिवहरि पौड्याल हुन् । यो चलचित्रको बिषयमा निर्देशक पौडेलले भने–‘चलचित्रलाई हामीले विशुद्ध पारिवारिक र कमेडी कथामा निर्माण गर्दैछौ । चलचित्रको बिषयमा अन्य जानकारी हामी पछि दिनेछौ ।’

यो चलचित्रमा नायिकाको रुपमा कलाकार दिलिप रायमाझीकी छोरीलाई लिने चर्चा समेत चलेको छ । निर्देशक पौडेलले कुरा भएपनि फाइनल नभएको सुनाए । उनले, दिलिपकी छोरीलाई डेब्यू गराउने बिषयमा आफूले प्रयास गरिरहेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment