Comments Add Comment

भेष्पाको असार १६ देखि एक्सचेञ्ज क्याम्प, ५० हजारसम्म फाइदा

१५ असार, काठमाडौं । डि–लाईफ स्टाईल्स प्रालिले विश्वविख्यात ब्राण्ड भेष्पाको बिक्री प्रवर्धन गर्न असार १६ गतेदेखि २२ गतेसम्म ७ भृकुटीमण्डपस्थित प्रर्दशनी केन्द्रमा सिजिङ स्पेशल एक्सचेञ्ज क्याम्प गर्न लागेको छ ।

क्याम्पमा भेष्पा खरिद गर्ने सम्पूर्ण ग्राहकलाई आगामी बर्षको सवारी कर पनि कम्पनीको तर्फवाट नै भुक्तानी गर्ने जनाइएको छ । स्कुटर पारखीहरुको लागि भेष्पा ब्राण्डमा अपग्रेड हुन आव्हान गर्दै हाल सम्मकै ठूलो एक्सचेन्ज मेला सुरु गरेको कम्पनीले जनाएको छ ।

मेलामा जुनसुकै ब्राण्डको मोटरसाईकल तथा स्कुटर ल्याएर नयाँ भेष्पा स्कुटर चढेर जान पाईनेछ । ग्राहकले आफ्नो पुरानो वाईक तथा स्कुटरको उच्चतम मूल्याङ्कन पाउने कम्पनीले दाबी गरेको छ ।

मूल्याङ्कन भएको पुरानो वाईक तथा स्कुटरमा कम्पनीले रु ३०,००० रुपैयाँ थप गरिदिने छ । क्याम्पमा खरीद गर्ने ग्रहकहरुलाई ५० हजारसम्म फाइदा हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment