Comments Add Comment

जब पाकिस्तानी दर्शकले कोहली.. कोहली.. भन्दै हुटिङ गरे …

१५ असार, काठमाडौं । सधै कट्टर प्रतिद्धन्दीको रुपमा परिचित भारत-पाकिस्तान खेल मैदानमा मात्रै हैन त्यो दर्शकमा पनि देखिने गर्छ । तर विश्वकप क्रिकेटमा भने पाकिस्तानी समर्थकले ‘विराट.. विराट, कोहली…कोहली’ भन्दै किन सपोर्ट गरे ?

भारत र आयोजक इंग्ल्यान्डबीचको खेल बिरमिङहृयाममा सुरु हुन करिब एक दिन बाँकी थियो । तर एकदिन अघि देखि नै पाकिस्तानी समर्थकहरु भने विराट.. विराट भन्दै नाराबाजी गरिरहेका थिए । सधै कट्टर प्रतिद्धन्दीको रुपमा देखिभने पाकिस्तानी समर्थक भारतलाई ठूलो स्वरमा चिच्याउँदै किन सहयोग गरिरहे ? यसबारे रोचक तथ्य यस्तो छ ।

विश्वकप क्रिकेटमा पाकिस्तान अहिले चौथो स्थानमा छ । उसले आठ खेलमध्ये चार खेलमा जित, तीन खेलमा पराजित र एक खेलमा भने अंक बाँड्दै ९ अंक बनाएको छ । यता, इंग्ल्यान्डको भने सात खेलबाट ८ अंक छ ।

आजको खेलमा भारतसँग इंग्ल्यान्ड हारे उसको ८ खेलबाट ८ अंक नै हुन्छ । यस्तो हुदा पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना निकै प्रबल देखिन्छ भने अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई पराजित गरे सेमिफाइनलमा उसको स्थान सुरक्षित हुनेछ ।

यसकारण पाकिस्तानी दर्शक तथा सर्मर्थकले मुटुमाथि ढुंगा राखेरै भएपनि इंग्ल्यान्डविरुद्धको खेलमा भारतलाई सपोर्ट गरेको हो ।

पाकिस्तानी जर्सीमा चार जना समर्थक कोहली कोहली भन्दै कराईरहन्छन् । पाकिस्तानी जर्सीमा सजिएका एक पुरुषले भन्छन्, ‘यो पटक भने हामी भारतले जितेको हेर्न चाहन्छौ । पहिलो पटक सपोर्ट गर्दै छौ ।’

त्यस्तै, जर्सी लगाएर पाकिस्तानको झण्डा गालामा बनाएकी दुई युवती पनि कोहलीको तारिफ गर्दै भारतको सपोर्ट गर्छन् । उनीहरु भन्छन्, ‘विराट कोहली राम्रा खेलाडी हुन् । विराट.. विराट…।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment