
गायक पदम राई र गायिका मेलिना राइको आवाजमा समावेश ‘पछि पछि’ बोलको गीत सार्वजनिक भएको छ । दिपक शर्माको यसमा शब्द तथा संगीत छ । सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा दर्शकले नायक पुष्प खड्का, नायिका वर्षा राउतको साथमा गायक र गायिकालाई देख्न सक्नेछन् ।
भिडियोमा विकास ज्ञवालीको सम्पादन, नवराज उप्रेतीको छायांकन छ । गीतको अडियो र भिडियो दुबै आकर्षक छ । यसैले पनि गीतले चर्चा पाउने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4