Comments Add Comment

मन्त्री बाँस्कोटाको चेतावनी–‘६ महिना आफ्नै देशको फिल्म नचलाउने हलमा ताला लाग्छ’

संचार, सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ६ महिना आफ्नै देशमा बनेका चलचित्रलाई नचलाउने हलमा ताला लाग्ने चेतावनी दिएको छन् । चलचित्र विकास बोर्डको १९ औं बार्षिकोत्सवमलाई सम्बोधन गर्ने क्रममा कडा रुपमा प्रस्तुत भएका मन्त्री बाँँस्कोटाले भने–‘ आज अर्को एउटा विवादको कुरा नगरी भएन । बहसको रुपमा आजबा सुरुवाद भयो । पत्रकार साथीहरु मन्त्रीले बहसको सुरुवात गर्यो भनेर लेखिदिनुहोला । हामी भन्छौ नेपाली कला, संकृती, परपम्परा, नेपालको प्रकृती । तर, यी सबै कुराहरुलाई देखाएर बनाइएका चलचित्रहरु त हलमा नै जान नपाउने रहेछन् ।’

उनले यो बिषयमा कुनै पनि कानुनी व्यवस्था नभएकाले अब कानुन बन्ने प्रक्रियामा रहेको स्पष्ट पारे । एक बर्षमा ६ महिना आफ्नै देशमा बनेका चलचित्रहरु हलमा दर्शक आए पनि वा नआएपनि चलाउनुपर्ने उनको भनाई थियो ।

मन्त्रीले अगाडि भने–‘अब हल मालिकहरु तयार हुनुपर्छ । एक बर्षमा ६ महिना आफ्नो देशका चिजहरु चलेपनि नचलेपनि चलाउनुपर्छ । एउटा सेन्सर बोर्ड भन्ने पनि हुँदो रहेछ । त्यसमा पनि निहु खोजेर झगडा गरिदोरहेछ । हलिउड कि बलिउडको फिल्म त्यहाँ कुन दिन चल्छ, अनी यहाँ त्यसकै झगडा हुनेरहेछ ।’ मन्त्री बाँस्कोटाले बुधबार बलिउड चलचित्र ‘भारत’ चलाउने बिषयमा भएको विवादलाई घुमाउरो शैलीमा आलोचना गरेका थिए ।

हल संचालकहरुप्रति कटाक्ष गर्दै उनले भने–‘नायिका नराम्री भएपनि हाम्रै देशकी चेली हुन् । नायक नराम्रो भएपनि हाम्रै देशका यूवा हुन् । अन्तको जम्मै राम्रो देख्ने, यहाँको केही पनि नराम्रो नदेख्ने ? आर्दश अरुलाई बनाएर यो क्षेत्रको रक्षा कसरी हुन्छ ?’

उनले प्रस्तावित कानुनको बिषयमा भने–‘अब कानुन नै बनाएर लैजानुपर्छ भन्ने हो । न्यूनतम १८० दिन नेपाली चलचित्र नचलाउने हो भने त्यो हलमा ताला लगाइदिने भन्ने छ । अन्तको हेर्नै पाइदैन भनिएको छैन । ६ महिना मज्जाले विदेशी चलचित्र चलाउनुहोस् न ।’

मन्त्री बाँस्काटोले आजैबाट यो कुरालाई बहसमा ल्याएको स्पष्ट पारे । उनले भने–‘यसमा पनि विवाद झिक्यो नभन्नुहोला । अर्काकोमा मात्र खुशी नबनौ । आफ्नोलाई पनि माया गरौ न । हलवालाले यसको विरोध गर्दै ताला लगाए भने ताला खोलेरै चलाइन्छ ।’

उनले यो बिषयमा आफू चलचित्र क्षेत्रका निर्माता, निर्देशक, छायांकार, प्राविधिक, हल संचालक सबैको कुरा सुन्न तयार रहेको स्पष्ट पारे । तर, विकासको विपक्षमा कुरा गर्ने भाडतन्त्रको पक्षधरकोहरुको कुरा आफूले नसुन्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment