
१६ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय स्वास्थ्य नीति – २०७६’ सार्वजनिक गरेको छ ।
मन्त्रालयमै आयोजित पत्रकार सम्मेलनमा मन्त्री उपेन्द्र यादवले उक्त नीति सार्वजनिक गरेका हुन् । जुन नीतिमा ६ वटा उद्देश्य, २५ नीति र १४६ रणनीति समेटिएको छ ।
स्वास्थ्य नीतिअनुसार अब प्रत्येक वडामा एम्बुलेन्स पुर्याइने छ भने प्रत्येक स्वास्थ्यचौकी तथा अस्पताललाई डिजिटल बनाइने छ ।
स्वास्थ्य क्षेत्रमा आएका बजेटलाई व्यवस्थित रुपमा खर्च गर्नका लागि पनि स्वास्थ्य नीतिको ल्याएको मन्त्री यादवले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4