Comments Add Comment

‘क्लाइमेट एक्सन समिट’को मन्त्रीस्तरीय तयारी बैठक आबुधाबीमा

मन्त्री बस्नेतले जानकारी गराए नेपालले खेलेको भूमिका

युएई । विश्वभर जलवायु परिवर्तनलाई कम गर्न विभिन्न प्रयास हुँदै आएको छ । विश्व वातावरणमा भएको परिवर्तन र त्यसले पारेको असर न्युनिकरण गर्न सबै पक्ष लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

आगामी सेप्टेम्बरमा अमेरिकाको न्युर्योकमा हुने ‘युएन क्लाइमेट एक्सन’ समिटको तयारीका लागि आबुधाबीमा भएको मन्त्रीस्तरीय बैठकमा सहभागीले उक्त कुरामा जोड दिएका हुन् ।

आइतवार र सोमबार चल्ने बैठकमा नेपालको तर्फबाट वन तथा वातावरणमन्त्री शक्ति बस्नेत सहभागी छन् ।

आबुधाबीको इमिरेट्स प्यालेसमा भइरहेको बैठकमा आइतबार मन्त्री बस्नेतले आफ्नो धारणा राखेका छन् ।

उनले वातावरण संरक्षणका लागि नेपालले गरिरहेका गतिविधि र वातावरण परिवर्तनले ल्याएको नकारात्मक पक्षको न्युनिकरणमा खेलेको भूमिकाबारे जानकारी गराएका थिए । साथै अन्य देशहरुले खेल्नुपर्ने भूमिकाबारेे सुझावसमेत राखेका छन् ।

जलवायु परिवर्तनलाई सम्बोधन गर्न र पेरिस सम्झौताको लक्ष्य पूरा गर्नका लागि आगामी सेप्टेम्बरमा न्युर्योकमा शिखर सम्मेलन हुँदैछ ।

सम्मेलनमा नेपालसहितका राष्ट्रकोे सहभागिता रहने छ । त्यसैको तयारी स्वरुप आबुधाबीमा क्लाइमेट एक्सन समिटको मन्त्रीस्तरीय बैठक राखिएको हो ।

बैठकमा नेपालको तर्फबाट मन्त्री बस्नेतसँगै मन्त्रालयका जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका उपसचिव रामहरि पन्थ र नेपाली दुतावासकी द्धितीय सचिव विष्णुकुमारी अधिकारी सहभागी थिए ।

सन् २०१८ देखि २०२३ सम्ममा तापक्रम औसत १.०३ देखि १.५७ पडिग्री सेल्सियससम्म पुग्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।

यसअघि ब्रिटेनको मौसम विभागले एक तथ्यांकगत प्रक्षेपण गदै सन् २०१४ देखि २०२४ लाई १५० वर्ष यताकै सबैभन्दा गर्मी दशकका रुपमा रहने ठहर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment