Comments Add Comment

भ्यागेलाई लक्ष्मीले गरिन् एक लाख बढी सहयोग

१६ असार, काठमाडौं । करेन्ट लागेर दुई हात र एउटा खुट्टाले काम गर्न नसक्ने अवस्थामा रहेका भ्यागे नेपालीलाई लक्ष्मी परियारले एक लाख छ हजार छ सय रुपैयाँ सहयोग गरेकी छन् ।

बैदाम बैदाम-६, पोखराकी लक्ष्मी परियारले अमेरिकालाई कर्मथलो बनाउँदै आएकी छिन् । उनले आफूले अरु साथीहरुलाई पनि संकलन गरी जम्मा एक लाख २४ जहार छ सय ३० रुपैयाँ सहयोग रकम पठाएकी हुन् ।

लक्ष्मीले पठाएको रकम हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले हस्तान्तरण गरेका थिए । लक्ष्मीले आफ्नो स्वर्गीय हजुरबुवा पतिराम र बाबा खिमबहादुरको चीर शान्तिको कामना गर्दै भ्यागेलाई सहयोग गरेको बताएकी छिन् ।

यो पनि पढ्नुहोस ‘एउटा हात काटियो, अर्को हात र खुट्टा काट्ने पैसा छैन’

मुगुका भ्यागे नेपाली कीर्तिपुस्थित बर्न अस्पतालमा उपचाररत छन् । गत २८ जेठमा बाटोमा छोडिएको नांगो तारबाट करेन्ट लागेका भ्यागेको एउटा हात काटिइसकेको छ भने अर्को हात र दाहिने खुट्टा पनि काट्नुपर्ने अस्पतालले बताएको छ । भ्यागेसँग उपचार गर्नेसमेत पैसा छैन ।

उनको उपचारको लागि अहिलेसम्म तीन लाख ६७ हजार १८० रुपैयाँ सहयोग संकलन भएको भ्यागेका भतिज मन नेपालीले अनलाइनखबरलाई बताए । भेरि अञ्चल अस्पतालदेखि काठमाडौंसम्म ल्याउँदा उनको तीन लाख ९ हजार १८० रुपैयाँ खर्च भएको पनि उनले जानकारी दिए ।

सम्पूर्ण उपचारको लागि करिव १० लाख रुपैयाँसम्म लाग्ने मनले जानकारी दिए । त्यस्तै, मलेशियामा रहेका अभियन्ता आशिस परियार ‘झिल्के’ले पनि आफूहरु भ्यागेको सहयोगको लागि लागिपरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment