Comments Add Comment

प्रचण्ड र ओलीको एउटै बोली : सम्हालिएनौं भने सकिन्छौं

१६ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकताबाट तलमाथि गर्न खोजे सबै सिदि्धने बताएका छन् । पछिल्लो समय दुई अध्यक्षबीच दुरी बढेको आशंका भइरहेका बेला संसदीय दलको बैठकमा नेताद्धय एकमत देखिएका हुन् ।

बैठकमा सांसदहरुले पार्टी एकता टुंग्याउन बिलम्ब हुँदा नेता कार्यकर्ता बेरोजगार भएको बताएका थिए । सोमबारको बैठकमा २९ सांसदले बोलेा थिए ।

बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकताबारे म जवाफ दिन्छु भन्दै सम्बोधन गरेको एक सांसदले सुनाए । प्रचण्डले आफूहरुले आँटेर पार्टी एकता गरेको तर, त्यसपछिका प्रक्रियाहरु पुरा गर्न केही समय लागेको स्वीकार गरेका छन् ।

पार्टीमा एकता गर्दादेखि नै प्रस्तुतीमा केही फरक रहेको र त्यो अहिले पनि देखिएको भएपनि पार्टी एकतालाई टुंगोमा पुर्‍याउनुको विकल्प नभएको उनले बताएका छन् । ‘मेरो आफ्ना कुराहरु राख्ने सन्दर्भमा पनि पार्टी एकतामै अर्को अर्थ लाग्ने केही भनेको रहेछु भने फिर्ता लिन्छु’ उनले बैठकमा भने ।

आफू र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सल्लाह गरेर काम गरिरहेको उनले सुनाए । उनले अघि भने, ‘हामी एउटै डुंगामा छौं, डुवे सबै डुब्छौं, भेलले बगाए सबैलाई बगाउँछ । एकतालाई टुंगोमा पुर्‍याउनुको विकल्प छै ।’

यो सरकार ५ वर्ष टिक्छ

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका बाँकी काम केही दिनमा नै पुरा गर्ने बताएका छन् । पार्टी एकताको विकल्प नभएको भन्दै उनले दाजुभाइबीच हुने अंशबण्डाको उदाहरण दिएको एक सांसदले बताए ।

‘हामी एक हुँदासम्म पो बाँड्ने ठाउँ रहन्छ । छुटि्टएपछि त बाड्ने केही नै रहन्न’ उनको भनाइ उदृत गर्दै एक सांसद भन्छन्, ‘सम्हालिएनौं भने हामी सिध्दिन्छौं ।’

प्रधानमन्त्री ओलीले सरकार भने ५ वर्ष टिक्ने बताए । सरकार सिमलको भुवाबाट नबनेको भन्दै उनले माइतीघरमा प्रदर्शन भनेको भरमा नढल्ने बताउका छन् ।

सरकारले राम्रो काम गरिरहेको भन्दै उनले बचाउ गर्न सांसदहरुलाई आग्रह गरेका छन् । २०/२१ महिनाको अवधिमा कायाकल्प गर्न नसकिने भन्दै उनले भनेका थिए, ‘सबैतिर सडक पिच त गर्न सकिँदैन । कम्तिमा कच्ची त बनेको छ । अबको २/३ वर्षमा पिच पनि हुन्छ भनेर जनतालाई भन्नुस् ।’

ओलीले सरकारले त्यतिकै विधेयकहरु नल्याउने भन्दै नबुझी विरोध नगर्न पनि सांसदहरुलाई भनेका छन् । कुनै कमजोरी भए संशोधनमार्फत च्याउन सकिने भन्दै उनले अध्ययन नै नगरी विरोधमा नबोल्न भनेको एक सांसदले सुनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment