Comments Add Comment

क्राउड सोर्सिङमार्फत भिषा कार्डको डिजाइन खोज्दै लक्ष्मी बैंक

१६ असार, काठमाडौं । लक्ष्मी बैंकले ७ प्रदेशका लागि उपयुक्त भिषा कार्ड डिजाइनको खोजी गर्न क्राउड सोर्सिङको प्रकिृया द्वारा देशभर खुल्ला प्रतियोगिताको घोषणा गरेको छ ।

उक्त प्रतियोगिताको मुल उद्देश्य सातै प्रदेशका मौलिक कला, संस्कृती र विषेशता झल्किने र त्यसको परिचय दिने डिजाइनको खोजी भएको बैंकले जनाएको छ । यसले गर्दा ग्राहकहरुलाई उत्कृष्ट ब्राण्ड एक्स्पेरियन्स् समेत प्रदान गराउने बैंकको भनाई रहेको छ ।

डिजाइन मौलिक, अद्वितीय एवं कपिराइट उलंघन नभएको हुनुपर्ने बैंकको शर्त रहेको छ । प्रतियोगितामा नेपाली नागरिक वा कानूनी रुपमा नेपालमा दर्ता भएको कम्पनीले सहभागिता जनाउन सक्नेछन् । कार्ड डिजाइन गर्दा प्रदेशको मौलिककला, सँस्कृति वा प्राकृतिक सुन्दरता झल्किएको हुनुपर्ने छ । कन्सेप्ट फोटो, पेन्टिङ्ग वा ग्राफिक इलसट्रेशन मार्फत पेश गर्न सकिने बैंकले जनाएको छ ।

प्रत्येक विजयी कन्सेप्टले नगद पुरस्कार स्वरुप ५० हजार प्राप्त गर्न सक्नेछन् । विजेताको घोषणा गर्ने अन्तिम निर्णय लक्ष्मी बैंकमा निहीत रहेने जनाइएको छ । प्रतियोगीहरुले आफ्नो डिजाइन जुलाई ३१ तारिख सम्ममा बुझाइसक्नु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment