Comments Add Comment

विधेयकले सामुदायिक वनको अधिकार खुम्च्यायो : कोमल वली

१७ असार, काठमाडौं । राष्ट्रियसभाकी सांसद कोमल वलीले वन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सामुदायिक वनको अधिकार न्यून खोजेको बताएकी छन् ।

मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद वलीले विधेयकको प्रस्तावनाबाट ‘सामुदायिक’ भन्ने शब्द हटाइएको भन्दै त्यसको विरोध गरिन् ।

सामुदायिक वनहरूलाई स्वतन्त्र रुपमा मूल्य निर्धारणको अधिकारबाट बन्चित गर्न नहुनेमा नेकपा सांसद वलीको जोड छ । उनले बैठकमा भनिन्, ‘स्वयम सेवकको रुपमा काम गर्ने वनका पदाधिकारीहरूलार्य राष्ट्रसेवक किन भनिएको हो, म यसको जवाफ चाहन्छु ।’

बजेटमा वन मन्त्रालयलाई उच्च प्राथमिकता दिइएको र मन्त्रालयले वन क्षेत्र बढाउने गरी काम गर्नुपर्ने वलीको भनाइ छ । पाँच करोड विरुवा रोप्ने गरी चलाइएको अभियान राम्रो भएको तर ती विरुवा हुर्काउने र संरक्षण गर्नेतिर पनि ध्यान दिनुपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment