Comments Add Comment

‘छ माया छपक्कै’लाई ओभरसिजबाटै १ करोड

चलचित्र ‘छ माया छपक्कै’को एउटा गीतको छायांकन थाती राख्दै अन्य काम सकिएको निर्माणपक्षले बताएको छ । चलचित्रलाई ३८ दिनसम्म खिचिएको निर्माता रोहित अधिकारीले जानकारी दिए । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको एउटा गीतको छायांकन भने काठमाण्डौमा नै गर्ने निर्माणपक्षले बताएको छ । चलचित्रलाई दशैंमा रिलिज गर्ने तयारी गरिएको छ ।

यसैविच, चलचित्रको छायांकन सकिएलगतै यसको ओभरसिज राइट्स विक्री भएको छ । चलचित्रको ओभरसिज राइट्स निशान बजगाँइले खरिद गरेका छन् । वुझिएअनुसार निशाले यो चलचित्रलाई १ करोड १५ लाखको हारहारीमा मुल्य तिरेका छन् । निशानले अनलाइनखबरसँग भने–‘मैले यसको ब्रान्ड भ्यालु र कलाकारको भ्यालु हेरेर अहिलेसम्मकै धेरै रकम तिरेको छु । १ करोड १५ देखि १ करोड २० लाखको विचमा मुल्य तिरेर मैले ओभरसिज राइट्स किनेको हुँ ।’ उनले अब, विदेशमा यो चलचित्र रिलिज गर्न चाहनेले आफूसँग सम्पर्क गर्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment