Comments Add Comment

म निकै निराश छु – निकोलस पुरन

१७ असार, काठमाडौं । विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले एकपछि अर्को नराम्रो प्रदर्शन गर्दै गर्दा टिम मात्रै हैन खेलाडी पनि निराश छन् ।

विश्वकपबाट बाहिरिसकेको वेष्ट इन्डिज सोमबार राति भएको खेलमा श्रीलंकासँग पनि पराजित भयो । जितिसकेको खेल हार्नु पुग्दा वेष्ट इन्डिजको खेलाडीका अनुहारमा निराशपन प्रष्टै देखिन्थ्यो ।

३३९ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले खराब सुरुवात गरेको थियो । तर निकोलस पुरनले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाएपछि वेष्ट इन्डिजको जित पक्का पक्की जस्तै थियो । किनभेन १८ बलमा ३१ रन चाहिएको थियो । क्रिजमा थिए निकोलस पुरन । उनी ११८ रन बनाएर खेलिरहेका थिए । तर ४७.१ ओभरमा उनी रनआउट हुन पुगे । अन्ततः वेष्ट इन्डिज श्रीलंकासँग २३ रनले पराजित हुन पुग्यो ।

हारपछि पुरनले भनेका छन्, ‘हाम्रो लागि आज म निराश छु । सबैलाई थाहा छ कि हामी जित नजिक थियौं.. । म खेल जिताउन चाहन्थे तर हार्‍यौ । आज म धेरै निराश छु ।’

जारी विश्वकपमा वेष्ट इन्डिजले खेलेको ८ खेलमध्ये एक खेलमा मात्रै जित हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment