Comments Add Comment

पोखराको फेसन शोमा प्रशान्त र शित्तल ‘सो स्टपर’

पोखरामा अगष्ट २ तारिखमा हेरिटेज अफ फेसन नेपालको आयोजना हुने भएको छ । यस्तै, यही कार्यक्रम अष्ट्रेलियामा पनि आयोजना हुने आयोजकले बताएको छ । एएसएपीको आयोजनामा हुन लागेको यो फेसन शोमा उदाउँदै गरेका मोडलहरु ¥याम्प नाप्नेछन् ।

नेपालको फेसन डिजाइनिङमा उदाइसकेका डिजाइनरहरुले तयार पारेका पहिरनमा मोडलहरु स्टेजमा हिड्ने आयोजकले आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ । यो कार्यक्रममा सो स्टपरको रुपमा मोडल, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार रहनेछन् । यस्तै, ‘कर्पोरेट क्विन २०१९’ शित्तल थापा पनि सो स्टपरको रुपमा फेसन शोमा प्रस्तुत हुनेछिन् ।

यो कार्यक्रममा गायिका मिलन लामा र प्राप्ती तुलाचनले आफ्नो प्रस्तुति राख्नेछन् । शोको कोरियोग्राफर मुस्कान रानी हुन् । यस्तै, गायक धिरज राइले पनि कार्यक्रममा सहभागीता जनाउनेछन् । आयोजकले यो कार्यक्रम भिजिट नेपाल २०२० लाई लक्षित राख्दै आयोजना गर्न लागेको बताएको छ ।

यस्तै, नेपालका हेरिटेजहरुको प्रमोशनमा पनि यसले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । शोमा पुर्खाहरुले लगाउने पहिरनदेखि हेरिटेज झल्किने पहिरन समावेश हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment